११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा–१२ भटौलियाका २६ वर्षीय प्रकास पौडेललाई मङ्सिर २५ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले मङ्सिर २४ गते बलात्कार गरेको भन्दै पीडितपक्षले सोही दिन इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजु लामाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २४ गते पृथ्वी चन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।
यसैगरी, आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई मङ्सिर २५ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले मङ्सिर १३ गते बलात्कार गरेको भन्दै पीडितपक्षले मङ्सिर २४ गते इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएको इन्स्पेक्टर होमनाथ रेग्मीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २४ गते पृथ्वी चन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।