INSEC Online

📅 २०८३ जेष्ठ २१

विभिन्न कार्यक्रमसहित ७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइयो

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत मानव अधिकारका क्षेत्रमा क्रियाशिल संघ संस्थाहरूले विभिन्न कार्यक्रमहरूको आयोजना गरी ७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मङ्सिर २५ गते मनाइएको छ ।

सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन मानव अधिकार संरक्षण केन्द्र संजालको आयोजना र इन्सेक, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, ओरेक, मुक्ति नेपाल, समग्र जनउत्थान केन्द्र, दलित जनकल्यण युवा क्लब, नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, अपाङ्ग पुनर्स्थापना केन्द्र र सहयोगी हातलगायत सङ्घ संस्थाहरूको सहकार्यमा रक्तदान, सम्मान तथा अन्तरक्रिया कार्यक्रम गरी मानव अधिकार दिवस मनाइएको छ ।

अन्तरक्रिया कार्यक्रममा प्रदेश सभा सदस्य लगनलाल चौधरीले आम नागरिकले मानव अधिकारको अनुभूति गर्न पाउनु पर्ने बताउनु भयो ।

photo20201211siraha

आफ्नो अधिकारको उपभोग गर्दा कर्तव्यलाई न बिर्सेर उपभोग गर्दा सबैको मानव अधिकारको संरक्षण हुने भन्दै उहाँले मानव अधिकारको प्रत्याभूति गर्न समाजबाट गरिवी र अशिक्षा हटाउन सबैले हातेमालो गर्नु पर्ने बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले १६ दिने अभियानको अन्तिम दिन भए पनि यो अभियानलाई वर्ष भरिनै निरन्तरता दिनु पर्ने बताउनु भयो ।

मानव अधिकारको संरक्षणमा प्रहरी संवेदनशिल रहेको उल्लेख गर्नु हुँदै जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाशङ्कर पञ्जियारले मानव अधिकारको संरक्षण र प्रवर्धनका लागि सङ्घसंस्थाहरूसँग हातेमालो गर्ने बताउनु भयो ।

यसैबिच मानव अधिकार संरक्षण केन्द सञ्जाल सिरहाको नेतृत्वको जिम्मेवारी यसपटक पनि इन्सेकलाई दिइएको छ । सिरहा जिल्लामा २०६० सालदेखि गठन भएको मानव अधिकार संरक्षण केन्द्र सञ्जालको सन् २०२१ को नेतृत्वका लागि इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियारलाई संयोजनको जिम्मेवारी दिइएको हो । यसअघि पनि सो सञ्जालको नेतृत्व इन्सेकले नै गरेको थियो ।

सर्लाही प्रतिनिधि बुधन साहका अनुसार ७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा इन्सेक, ओरेक लगायतका संस्थाहरूको संयुक्त आयोजनामा मङ्सिर २५ गते मलङ्गवामा र्‍यालीका साथै मानव अधिकारको अवस्था तथा चुनौती विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

photo20201211sarlahi (1)

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू बारे प्रस्तुतीकरण गर्नु भएको थियो ।

photo20201211sarlahi (2)

photo20201211sarlahi (3)

महोत्तरी प्रतिनिधि अजय साहका अनुसार को बर्दिवासमा इन्सेकद्वारा गठित मानव अधिकार निगरानी समितिको आयोजनामा मङ्सिर २५ गते ७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ ।

बर्दिबास नगरको बजार क्षेत्रमा प्रभातफेरि गरेपछि चोकमा आएर कोण सभामा परिणत भएको थियो । कार्यक्रममा समितिका अध्यक्ष उर्मिला कार्कीले राज्यले जनतालाई प्रत्याभूत गर्नुपर्ने अत्यावश्यक शिक्षा, स्वास्थ्य, खाद्य र आवासका अधिकारको बारेमा उल्लेख गर्दै यस्ता अधिकारबाट बञ्चित गर्नु भनेकै वास्तविक मानव अधिकारको हनन् हुनु हो भन्नु भयो ।

photo20201211mahottari

अन्य

भिडियो