१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै रुपन्देही जिल्लाका १८ वर्षीय बुद्धिनारायण कुर्मीलाई जिल्ला अदालतले पुस २० गते ६ वर्षकैद र ५० हजार रुपियाँ जरिबाना हुने गरी फैसला गरेको छ ।
न्यायाधीश केशवप्रसाद बास्तोलाको इजालासले घटनको प्रमाणको आधारमा उक्त फैसला गरेको जिल्ला अदालतका नासु टेकलाल गैरेले जानकारी दिए ।
आरोपित कुर्मीले बालिकालाई गत जेठ २१ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले असार २३ गते प्रहरीमा उजुरी दिएको थियो । उजुरी गरेकै दिन पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा गरिएको थियो ।