INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार मुद्दामा जिल्ला अदालतको फैसला उच्च अदालतद्वारा सदर

उच्च अदालत पाटनले दरबारमार्गमा भएको सामूहिक बलात्कार घटनाका दोषीलाई जिल्ला अदालत काठमाडौँले सुनाएको कारबाहीको फैसलालाई सदर गरेको छ ।

मङ्सिर २२ गते उच्च अदालतले काठमाडौँको दरबारमार्ग स्थित ल्याण्डमार्क होटलमा २० वर्षीया महिलामाथि रामेछाप स्थायी घर भएका शैलेश कार्कीसहित तीन जनाले सामूहिक बलात्कार गरेको पुष्टि भएको भन्दै जिल्ला अदालत काठमाडौंँले गरेको फैसला सदर गरेको हो ।

जिल्ला अदालतले २०७६ कात्तिक २७ गते कार्कीविरुद्ध पाँच वर्ष कैद र पीडित महिलालाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो । यस्तै काभ्रेका दीपक श्रेष्ठ र सिन्धुपाल्चोकका विकास गौचनलाई जनही एक वर्ष दुई महिना कैद सजाय सुनाएको थियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत गएका अभियुक्तहरूको निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनका न्यायाधीश कुमार चुडाल र किरण पौडेलको इजलासले जिल्ला अदालतकै फैसलालाई सदर गरेको पाटन उच्च अदालतका श्रेस्तेदार गजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

पीडित महिलाले आफूलाई ०७४ माघ ७ गते कार्कीले होटलमा बोलाई सामूहिक बलात्कार भएको आरोपमा प्रहरीमा ०७४ माघ ८ गते उजुरी दिएकी थिइन् ।

अन्य

भिडियो