INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सीको आरोप लगाएको कसुरमा तीन जनालाई कैद सजायको फैसला

शारदा नगरपालिका–१ श्रीनगर की ६० वर्षीया महिलालाई कथित बोक्सी आरोप लगाएको आरोपमा तीन जनालाई कैद सजायको फैसला भएको छ ।

न्यायाधीश कुलप्रसाद पाण्डेको मङ्सिर २१ गतेको इजलासले तीन जना महिलालाई ६ महिना कैद र ५ हजार रुपियाँ जरिवाना गरेको हो ।

गत भदौ ५ गते कथित बोक्सी भनेको आरोपमा प्रहरीले सोही ठाउँकी २१ वर्षीया सरीता खड्का, २४ वर्षीया गीता खड्का र २३ वर्षीया जयन्ती रोकालाइ प्रहरीले असोज १२ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयो ।

पीडित पक्षले आरोपितहरूविरुद्ध  भदौ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । अदालतले आरोपित जयन्तीलाई ६ महिना कैद र ५ हजार रुपियाँ जरिवानाको फैसला सुनायो भने अन्य दुई जनालाई ३ महिना कैद र २ हजार ५ सय रुपियाँ जरिवानाको फैसला सुनाएको अदालतका श्रेस्तेदार हेमन्त ज्ञवालीले जानकारी दिनुभयो ।

अन्य

भिडियो