INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

नाम्खा गाउँपालिका–५ की १३ वर्षीया बालिका सिन्चुडोमा लामालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सोही ठाउँस्थित महावौद्ध मावि विद्यालयका प्रधानाध्यापक सर्केगाड गाउँपालिका–६ का ४० वर्षीय धनलाल रोकायालाई मङ्सिर १८ गते ६ वर्ष कैद र २ लाख रूपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।

न्यायाधीश जगतबहादुर पौडेलको एकल इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै  पीडितका हकदारलाई २ लाख रूपियाँ र नेपाल सरकारले स्थापना गरेको पीडित राहत कोषमा १ हजार ३ सय क्षेतिपूर्ति उपलब्ध गराउने गरी फैसला भएको अदालतका श्रेस्तेदार मदनराज भटराइले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

आरोपित रोकाया अदालतको आदेस अनुसार ०७४ फागुन २७ गतेदेखि पुर्पक्षमा रहेको र उक्त मितिदेखि कैद सजाय कायम गर्ने गरी आदेश भएको भटराइले जानकारी दिनभयो ।

आरोपितले बालिकालाई ०७४ माघ १० गते बलात्कार गरेको भन्दै बालिकाका बुवा लोण्डो मिगुर लामाले  ०७४ माघ १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई ०७४ फागुन २ गते पोखराको मणिपाल अस्पतालबाट गिरफ्तार गरेको थियो ।

आफन्तले आरोपित विरुद्ध कर्तव्य ज्यान र बलात्कार गरी दुईवटा मुद्दा दर्ता गरेको भए पनि कर्तव्य ज्यानको मुद्दामा रोकायाले ०७७ मङ्सिर १८ गते सफाई पाएको श्रेस्तेदार भटराइको भनाई छ ।

बालिकाको उपचारका क्रममा पोखराको मणिपाल अस्पतालमा ०७४ माघ ७ गते मृत्यु भएको थियो ।

अन्य

भिडियो