नाम्खा गाउँपालिका–५ की १३ वर्षीया बालिका सिन्चुडोमा लामालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सोही ठाउँस्थित महावौद्ध मावि विद्यालयका प्रधानाध्यापक सर्केगाड गाउँपालिका–६ का ४० वर्षीय धनलाल रोकायालाई मङ्सिर १८ गते ६ वर्ष कैद र २ लाख रूपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।
न्यायाधीश जगतबहादुर पौडेलको एकल इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितका हकदारलाई २ लाख रूपियाँ र नेपाल सरकारले स्थापना गरेको पीडित राहत कोषमा १ हजार ३ सय क्षेतिपूर्ति उपलब्ध गराउने गरी फैसला भएको अदालतका श्रेस्तेदार मदनराज भटराइले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
आरोपित रोकाया अदालतको आदेस अनुसार ०७४ फागुन २७ गतेदेखि पुर्पक्षमा रहेको र उक्त मितिदेखि कैद सजाय कायम गर्ने गरी आदेश भएको भटराइले जानकारी दिनभयो ।
आरोपितले बालिकालाई ०७४ माघ १० गते बलात्कार गरेको भन्दै बालिकाका बुवा लोण्डो मिगुर लामाले ०७४ माघ १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई ०७४ फागुन २ गते पोखराको मणिपाल अस्पतालबाट गिरफ्तार गरेको थियो ।
आफन्तले आरोपित विरुद्ध कर्तव्य ज्यान र बलात्कार गरी दुईवटा मुद्दा दर्ता गरेको भए पनि कर्तव्य ज्यानको मुद्दामा रोकायाले ०७७ मङ्सिर १८ गते सफाई पाएको श्रेस्तेदार भटराइको भनाई छ ।
बालिकाको उपचारका क्रममा पोखराको मणिपाल अस्पतालमा ०७४ माघ ७ गते मृत्यु भएको थियो ।