INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकार कुटपिट घटनाका आरोपित कर्मचारी गिरफ्तार

मेचीनगर नगरपालिका–६ का ३६ वर्षीय पत्रकार खगेन्द्र घिमिरेलाई समाचार सङ्कलनका क्रममा कुटपिट गरेको आरोपमा प्रहरीले मालपोत कार्यालय दमकका खरिदार इन्द्र राजवंशीलाई मङ्सिर १९ गते गिरफ्तार गरेको छ ।

पत्रकार घिमिरले मङ्सिर १६ गते सेवाग्राहीसँग कर्मचारी इन्द्र राजवंशीले १० हजार रुपियाँ घुस लिएको दृश्य क्यामरामा कैद गरी समाचार सङ्कलन गरेपछि मालपोत कार्यालय प्रमुखको कार्यकक्षमा कर्मचारी राजवंशीले घिमिरेलाई कुटपिट गरेका थिए ।

सेवाग्राही सुरेश साहसँग काम गरीदिए बापत १० हजार रुपियाँ घुस लिएको थाहा पाएर आफूले रिपोर्टिङ्ग गरेपछि कर्मचारी राजवंशीले कुटपिट गरेको पीडित पत्रकार घिमिरेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

आरोपितविरूद्ध पत्रकार घिमिरले मङ्सिर १८ गते इलाका प्रहरी कार्यालय दमकमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले बताउनु भयो ।

अन्य

भिडियो