INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारी संगठन सल्यानका कोषाध्यक्ष कुमाख गाउँपालिका–४ कालागाउँका १७ वर्षीय विनोद बुढाथोकीलाई प्रहरीले ०७७ मङ्सिर १५ गते गिरफ्तार गरेको छ ।

रूकुमको खलंगाबाट सल्यान आउने क्रममा सल्यानको थारमारे स्थित गाडीबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले जानकारी दिनुभयो ।

शान्ती सुरक्षामा खलल पर्‍याएको र अभद्र व्यवहार अन्तर्गत जिल्ला प्रहरी कार्यालयमा मङ्सिर १५ गते मुद्दा दर्ता भइ हिरासतमा राखी थप अनुसन्धान भइरहेको डिएसपी थापाले जानकारी दिनुभयो ।

आरोपितबाट उक्त पार्टीका पर्चा पम्पलेट र अपिलहरू फेला परेको प्रहरीले जनायो ।

अन्य

भिडियो