बहुविवाह गरेको कसुरमा विष्णुपुरकट्टी गाविस–१ का २१ वर्षीय कमल तामाङ र १७ वर्षीया बालिकालाई जिल्ला अदालतले जनही एक/एक वर्ष कैद तथा १५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।
न्यायाधीश अमृतबहादुर बस्नेतको इजलासले पुस १९ गते सो फैसला गरेको सरकारी वकिल मनोज आर्चायले बताए ।
विष्णुपुरकट्टी गाविस–१ की १९ वर्षीया लक्ष्मी तामाङले आरोपितद्वयले फागुन ५ गते बहुविवहा गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा फागुन ८ गते उजुरी दिएकी थिइन् ।
इलाका प्रहरी कार्यालय लहानले आरोपितहरूलाई फागुन ९ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतले ०७२ चैत १ जनही ३५ हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।