INSEC Online

📅 २०८३ जेष्ठ २१

न्यायिक प्रक्रियाको सहजीकरणका लागि पीडितलाई इन्सेकको आर्थिक सहयोग

बलात्कार घटनाकी पीडित १६ वर्षीया बालिकालाई कानुनी सहायताको लागि इन्सेक कर्णाली प्रदेश कार्यालयले मङ्सिर १९ गते आर्थिक सहयोग गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका कारण पीडित बालिकाले आवश्यक कानुनी प्रक्रिया तथा आर्थिक सहयोगको माग गर्दै मानव अधिकार सहायता कक्षको सचिवालय इन्सेकमा असोज ३ गते निवेदन दिएकी थिइन ।

सहायता कक्षको कात्तिक २५ गतेको बैठकले पीडित बालिकालाई सहयोग गर्ने निर्णय गरेपछि इन्सेक कालिकोट प्रतिनिधि कालीबहादुर मल्लले नेपाल बार एसोसिएशन कालिकोका अध्यक्ष दमनराज बम र पत्रकारको  रोहबरमा नगद १० हजार सहयोग गरिएको हो ।

तिलागुफा नपा–११ ढिम्नीया घर भइ नेपाली सेनामा कार्यरत २२  वर्षीय वीरेन्द्र शाहीले बालिकालाई ०७७ भदौ १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए ।

आरोपित शाहीलाई सैनिक गुल्मबाट असोज ७ गते प्रहरीले झिकाई गिरफ्तार गरी असोज २३ गते जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्र शाहले जानकारी दिनुभयो ।

अन्य

भिडियो