सात, आठ र १२ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले फ्रान्सका ६० वर्षीय क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई मङ्सिर १५ गते गिरफ्तार गरेको छ ।
आरोपितलाई पोखरा महानगरपालिका–१७ बिरौटा पावर हाउसस्थित फुर्सेखोला बगर किनारामा दुर्व्यवहार गरिरहेको अवस्थामा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
उहाँले आरोपितलाई अनुसन्धान ब्युरोले गिरफ्तार गरी कास्की प्रहरीलाई बुझाएको र आरोपितविरुद्ध बालयौन दुरुपयोग तथा आप्राकृतिक मैथुन गरेको कसुर अन्तरगत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको बताउनुभयो ।
पीडितहरुको स्वास्थ्य परीक्षण मङ्सिर १६ गते पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा गरी अभिभावकको जिम्मा लगाइएको छ ।