INSEC Online

📅 २०८३ जेष्ठ २१

बहुविवाह घटनाका आरोपित गिरफ्तार

सन्धिखर्क नपा-४ की सफिना मियाँको उजुरीका आधारमा बहुविवाह गरेको आरोपमा ३३ का वर्षीय अलाउँदिन मियाँ र सोही ठाउँकी २२ वर्षीया जुविदा खातुनलाई प्रहरीले ०७३ पुस १८ गते घरैबाट गिरफ्तार गरेको छ ।

पीडित महिलाले आरोपितद्वयले विवाह गरेको आरोप लगाउँदै कानुनी कारवाहीको मागसहित पुस १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडित महिलाका अनुसार आरोपितद्वयले गत कात्तिक २५ गते विवाह गरी फरार रहेकोमा अहिले दुवै जना घरमा आएकोले उनीहरूलाई पीडितको उजुरीको आधारमा गिरफ्तार गरी बहुविवाह अन्तर्गत मुद्दा दर्ता गर्दै अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवरत्न पौडेलले जानकारी दिए ।

अन्य

भिडियो