INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चुरे गाँउपालिका-१ का २२ वर्षीय लाले घर्ती थापालाई मङ्सिर ७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर  ६ गते बलात्कार गरेको भन्दै पीडित बालिकाको बुबाले इलाका प्रहरी कार्यालय फल्टुडेमा मङ्सिर ७ गते उजुरी दिएपछि प्रहरीले आरेपितलाई गिरफ्तार गरेको जनाएको छ ।

आरोपितलाई गिरफ्तार गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक विष्टले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो  ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण सेती प्रादेशिक अस्पताल धनगढीमा मङ्सिर ७ गते गरिएको छ ।

अन्य

भिडियो