कात्तिक २६ गते २ हजार ५ सय ६९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कात्तिक २६ गतेसम्म २ लाख २ हजार ३ सय २९ जनामा कोभिड पुष्टि भएको छ । गत २४ घण्टामा १० हजार ८१ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये १ लाख ६२ हजार २ सय ४३ जना निको भएका छन् । कात्तिक २६ गते १ हजार ६ सय ६६ जना निको भएका छन् भने निको हुनेको दर ८० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कात्तिक २६ गतेसम्म १ हजार १ सय ७४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ३८ हजार ९ सय १२ जनाको उपचार भइरहेको छ । २८ हजार ३ सय ९३ जना होम आइसोलेशनमा छन् भने ३ सय ८२ जनाको उपचार आइसीयूमा र ९५ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
मधेस प्रदेशको मानव अधिकार अवस्था बारे प्रदेश प्रमुखसँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम नेतृत्वको