INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारको कसुरमा जन्मकैद फैसला

सात वर्षीया छोरी बलात्कार गरेको कसुरमा जिल्ला अदालत चितवनले कालिका नगरपालिका–२ का २८ वर्षीय पुरुषलाई जन्मकैदको फैसला सुनाएको छ ।

न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले कात्तिक २० गते उक्त फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार ईश्वर आचार्यले जानकारी दिनुभयो ।

०७६ फागुन २५ गते घरमा सुतिरहेको अवस्थामा बलात्कार गरेको भनी पीडितकी आमाले चैत २ गते इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा उजुरी दिनुभएको थियो ।

आरोपितलाई चैत १ गते नै टाँडी प्रहरीले गिरफ्तार गरी अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरेको थियो । बालिकाको चैत २ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

अन्य

भिडियो