INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा आठ वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भरतपुर उमनपा-१३ तोरीखेतका २० वर्षीय सुमन भनिने गाइने विकलाई जिल्ला अदालत चितवनले आठ वर्षकैदको फैसला सुनाएको छ ।

न्यायाधीश टेकनारायण कुँवरको इजलासले पुस १३ गते उक्त फैसला सुनाएको हो । साथै पीडितलाई महिला तथा बालबालिका कार्यालयबाट २ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने गरी फैसला गरेको हो । प्रतिवादीसँग सम्पत्ति नभएकाले महिला तथा बालबालिका कार्यालयबाट क्षतिपूर्ति भराउने फैसला गरिएको चितवन अदालतका सूचना अधिकारी कृष्ण बरालले जानकारी दिए ।

पीडित बालिकालाई आरोपितले असोज २६ गते बलाकार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले २८ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई असोज २८ गते नै गिरफ्तार गरी मुद्दा चलाएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २९ गते भरतपुर अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो