INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले राजपुर गाउँपालिका–४ का २२ वर्षीय बाबु गुप्तालाई कात्तिक १३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले कात्तिक १३ गते घाँस काट्दै गरेको अवस्थामा बलात्कार प्रयास गरेको भन्दै पीडितपक्षले कात्तिक १३ गते इलाका प्रहरी कार्यालय गढवामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काले बताउनु भयो । डिएसपी खड्काले घटनाको अनुसन्धान भइरहेको बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक १३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको छ  ।

अन्य

भिडियो