तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई कात्तिक ३ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले कात्तिक १ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले कात्तिक २ गते इलाका प्रहरी कार्यालय बेलाटारीमा उजुरी दिएको इन्स्पेक्टर खुमानन्द पाण्डेले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक २ गते पृथ्वीचन्द्र अस्पताल, परासीमा गरिएको छ ।