INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कारको कसुरमा सात वर्ष कैद फैसला

५३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा माडी नगरपालिका–२ शितलपुरका २८ वर्षीय रमेश सारु मगरलाई सात वर्ष कैद फैसला सजाय सुनाइएको छ ।

जिल्ला अदालतका न्यायधीश हेमन्त रावलको इजलासले असोज २८ गते गरेको फैसलाअनुसार मगरलाई कैदसँगै पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ती भराउने समेत भनिएको छ ।

शारीरिक रूपमा अशक्त महिलालाई ०७६ माघ १६ बलात्कार गरेको आरोपमा मगर विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा पीडितको तर्फबाट माघ १७ गते उजुरी दर्ता भएको थियो ।

मगरलाई माघ १६ गते नै जिल्ला प्रहरी कार्यालय चितवनले गिरफ्तार गरी अनुसन्धान अघि बढाएको थियो । पीडित महिलाको माघ १७ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

अन्य

भिडियो