INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका जिल्ला नेता गिरफ्तार

प्रतिबन्धित नेकपा हुम्लाका सेक्रेटरी ताँजाकोट गाउँपालिका–५ डुग्रीका ३४ वर्षीय कुम्भ बुढा निर्माणलाई प्रहरीले असोज २२ गते रात्ती घरबाटै गिरफ्तार गरेको छ ।

चन्दा संकलन गरेको र जनप्रतिनिधिलाई धम्की दिएको आरोपमा सेक्रेटरी बुढालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुर्य प्रकास सुवेदीले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

पार्टीका गतिविधिमा निस्क्रिय भएको समयमा प्रहरीले गिरफ्तार गरेको भन्दै बुढाका परिवारले उनको सुरक्षाको लागि मानव अधिकारकर्मी तथा सञ्चारकर्मीहरुलाई अनुरोध गरेका छन् ।

अन्य

भिडियो