INSEC Online

📅 २०८३ जेष्ठ २१

शान्ति मालिकाको अध्यक्षमा इन्सेक चयन

शान्ति मालिका (शान्तिका लागि महिला) को असोज २४ गते काठमाडौँमा सम्पन्न चौथो साधारण सभा र दोस्रो अधिवेशनबाट इन्सेकलाई अध्यक्षमा चयन गरेको छ ।

अधिवेशनले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) की सम्झा श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा साप नेपालकी गीता भट्टराई, महासचिवमा इह्रिकनकी मीना शर्मा, कोषाध्यक्षमा महिला विकास मञ्च (एफडब्लुएलडी) की मीरा ढुङ्गाना चयन हुनु भएको हो ।

सदस्यहरूमा जागरण नेपालकी लीला शर्मा, दिदिबहिनीकी समिता मल्ल र सञ्चारिका समूहकी विमला तुम्खेवा चुनिएको अध्यक्ष सम्झा श्रेष्ठले जानकारी दिनु भएको छ ।

अन्य

भिडियो