४० वर्षीया महिलालाई असोज २० गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले बिष्णुपुर गाउँपालिका–१ का २६ वर्षीय उमेश सदालाई असोज २१ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा असोज २१ गते उजुरी दिएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असोज २१ गते गरिएको छ ।
घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारवाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शालिग्राम शर्मा पौडलले बताउनु भयो ।