INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ललितपुर महानगरपालिका–२३, धापाखेलका ६३ वर्षीय उत्तम गिरीलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले ०७७ असोज १९ गते गिरफ्तार गरेको छ ।

बालिकालाई असोज ६ गते आरोपितले डरत्रास देखाई यौन दुर्व्यवहार गरेको भन्दै पीडितका आफन्तले असोज ७ गते महानगरीय प्रहरी वृत सातदोबाटोमा उजुरी दिएका थिए ।

पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई असोज १९ गते गिरफ्तार गरी सोही दिन ललितपुर जिल्ला अदालतबाट अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको महानगरीय प्रहरी वृत सातदोबाटोका प्रमुख डिएसपी मित्रबन्धु शर्माले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १९ गते नै पाटन अस्पतालमा गरिएको अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले जानकारी दिनु भयो ।

अन्य

भिडियो