१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले असोज २० गते पीडितका नातेदार ४६ वर्षीय पुरुषलाई २१ वर्ष कैदको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले २१ वर्ष कैद फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले बताउनु भयो ।
पीडितलाई आरोपितले ०७५ चैत १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले चैत १८ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतको ०७६ वैशाख १० गतेको आदेश अनुसार आरोपित पुर्पक्षका लागि थुनामा रहनु भएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण चैत १७ गते जिल्ला अस्पताल, पाल्पामा गरिएको थियो ।