५० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका–९ का ३० वर्षीय उमेश सदालाई असोज १९ गते सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश मनोज केसीको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट दश हजार क्षतिपूर्ति भराउन आदेश भएको अदालतका तहसिलदार राजकुमार आचार्यले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित महिलालाई आरोपितले ०७६ साउन ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
प्रहरीले आरोपितलाई ०७६ पुस ९ गते गिरफ्तार गरी जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
जिल्ला अदालतको ०७६ माघ ३ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७६ साउन १० गते गरिएको थियो ।