INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या आरोपमा पति गिरफ्तार

गौरादह नगरपालिका–१ की ६५ वर्षीया मनमाया भण्डारीको  हत्या गरेको आरोपमा प्रहरीले ६४ वर्षीय पति भिमबहादर भण्डारीलाई असोज १६ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले घरायसी विवादका क्रममा असोज १२ गते हत्या गरेको आरोपमा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

आरोपितले पत्नीको दुवै हात बाँधी धारिलो हत्यार प्रहार गरी हत्या गरेको डिएसपी थापाले बताउनु भयो ।

असोज १२ गते आरोपितले पत्नीको हत्या गरेको र आफू बजारबाट घर फर्किदा पत्नी मृत अवस्थामा भेटिएको भन्दै आरोपितले नै छिमेकीलाई खबर गरेपछि तालिम प्राप्त कुकुरको सहयोगमा प्रहरीले अनुसन्धान गरेको डिएसपी थापाले बताउनु भयो ।

सुरूमा प्रहरीले परिवार भन्दा बाहिरको मान्छेले हत्या गरेको विषयमा अनुसन्धान गरेको र त्यसबाट हत्यारा पत्ता नलागेपछि परिवारभित्र अनुसन्धान गर्दा पति नै हत्या गरेर प्रहरीलाई झुटो खबर गरेको डिएसपी थापाले बताउनु भयो ।

शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान(घोपा) मा असोज १३ गते गरिएको छ ।

अन्य

भिडियो