INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मकालु गाउँपालिका – ५ का २२ वर्षीय सुमन सारु मगरलाई असोज १५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले बिवाह गर्ने प्रलोभनमा असोज ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सन्तोष बुढाथोकीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज १५ गते गरिएको छ ।

अन्य

भिडियो