INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई असोज १४ गते बलात्कार गरेको आरोपमा प्रहरीले भङ्गहा नपा–९ का ५२ वर्षीय मिथिलेश यादवलाई असोज १५ गते गिरफ्तार गरेको छ ।

पीडित महिला लाई मदिरा सेवन गरेका आरोपितले बलात्कार गरेको भन्दै पीडितले असोज १५ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दिएको बयान र उजुरीका आधारमा आरोपित यादवलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी टिकाबहादुर केसीले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल जलेश्वरमा असोज १५ गते गरिएको छ ।

अन्य

भिडियो