INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्र्‍यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई यौन दुर्र्‍यवहार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–१४ का २६ वर्षीय अर्जुन राईलाई असोज ११ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज ११ गते पैसाको प्रलोभनमा पारी यौन दुर्र्‍यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज ११ गते गरिएको छ ।

अन्य

भिडियो