६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई असोज १२ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असोज ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध असोज १२ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका थिए ।
उजुरीपछि आरोपितलाई गिरफ्तार गरी उनीविरुद्ध असोज १२ गते पर्वत जिल्ला अदालतबाट जबरजस्ती करणी शीर्षक मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्वतका इन्स्पेक्टर मनिष श्रेष्ठले इन्सेक प्रतिनिधिलाई फोन मार्फत जानकारी दिनुभयो ।
उहाँले पीडित र आरोपित दुबै नाबालक भएकोले उनीहरुलाई अभिभावकको जिम्मा लगाइएको बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज १२ गते जिल्ला अस्पताल पर्वतमा गरिएको छ ।