INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला

४८ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले उदयपुरगढी गाउँपालिका– ५ तावाश्रीका ४५ वर्षीय लोकबहादुर घतानीलाई असोज ७ गते ११ वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश दीपक खनालको इजलासले कैद सजायसँगै पीडितले पाउने गरी ५० हजार रुपियाँ क्षतिपूर्ति कसुरदारबाट भराउन आदेश दिएको तहसिलदार राजकुमार आचार्यले बताउनुभयो

आराेपितले पीडित महिलालाई ०७३ पुस १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले लोकबहादुरविरूद्ध पुस २० गते इलाका प्रहरी कार्यालय कटारीमा उजुरी दिएको थियो ।

उजुरीलगत्तै फरार रहेका आरोपितलाई पटक–पटक उपस्थिति हुन पत्रचार गर्दासमेत उपस्थित नभएपछि कसुर ठहर गर्दै सजायको फैसला सुनाएको हो ।

सोही घटनामा संलग्न भएको आरोपमा ०७३ पुस २० गते गिरफ्तारीमा परेका ताप्ली गाउँपालिका–५ का ४५ वर्षीय भागिराम परियारलाई अदालतले ०७५ वैशाख ५ गते १० वर्ष कैद सजायको फैसला सुनाएको तहसिलदार राजकुमार आचार्यले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७३ पुस २० गते गरिएको थियो ।

अन्य

भिडियो