INSEC Online

📅 २०८३ जेष्ठ २१

समस्या समाधानका लागि पहल गरीदिन कैदीबन्दीको आग्रह

जिल्ला कारागारका कैदीबन्दीहरूले कारागारमा एक जना चिकित्सको दरबन्दी भएपनि चिकित्सक नहुँदा स्वास्थ्य जाँचमा समस्या भएको गुनासो गरेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगले इलाम कारागार र त्यहाँ रहेका कैदीबन्दीको अवस्थाका विषयमा असाेज ६ गते गरेकाे अनुगमनका क्रममा कैदीबन्दीहरुले समस्या समाधानका लागि आयोगसँग आग्रह गरेका छन् ।

आयुक्त सुदीप पाठकको नेतृत्वमा रहेको टोलीले असोज ६ गते कारागारको अनुगमन गरेको हो । अनुगमनका क्रममा आयुक्त पाठकसमक्ष कैदीबन्दीहरूले आफ्ना समस्या राखेका  थिए । उनीहरूले समस्या समाधानका लागि पहल गरीदिन राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त सुदीप पाठकसँग आग्रह गरेका छन् ।

कानुनी अड्चनहरू हुँदा कैदीबन्दीले चौकीदार चयन देखि कारागार भित्र हुने विभिन्न व्यवसायमा समस्या भएको कैदीबन्दी डकेन्द्र नुगोले बताउनु भयो ।

कारागारमा एक जनाको दरबन्दीमा रहेका स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य जाँचमा समस्या भएको कारागार प्रमुख प्रदीप श्रेष्ठले अनुगमन टोलीलाई जानकारी गराउनु भएको छ ।

कारागारको अनुगमनपछि आयुक्त पाठकले कारागारको अवस्था कोभिड–१९को सङ्क्रमण र नियन्त्रणमा गरिएको पहल तथा कैदीबन्दीका समस्याहरू आफूले प्रतिवेदन बनाएर आयोगलाई बुझाउने बताउनु भयो ।

आयोगले कारागार र कैदीबन्दीको अवस्था बुझेर सरकारलाई समस्या सुल्झाउन निर्देशन दिने पाठकको भनाइ छ ।

इलाम कारागारमा अहिले २ सय ४८ पुरूष र २० जना महिला कैदीबन्दी रहेका छन् ।

Photo 20200922 Ilam

अन्य

भिडियो