प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सगरमाथा ब्यरो इन्चार्ज भोजपुर, षडानन्द नगरपालिका–१४ का ४४ वर्षीय दिपेश राई (देवान) लाई प्रहरीले असोज ६ गते जिल्ला अदालत परिसरबाट गिरफ्तार गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले ३० हजार रुपियाँ धरौटीमा रिहा गरे लगत्तै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी नवराज मल्लले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
आरोपित विरूद्ध जिल्ला अदालत भोजपुरमा समेत संगठित अपराध तथा हातहतियार खरखजाना मुद्दा विचाराधीन अवस्थामा रहेको प्रहरी अभिलेख रहेकाले गिरफ्तार गरेको डिएसपी मल्लले बताउनु भयो ।
गिरफ्तारीमा परेका राईको असोज ६ गते चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पीसीआर र स्वास्थ्य परीक्षण भएको मेडिकल अधिकृत विनोद बेकोजुले बताउनु भयो । गिरफ्तारमा परेका राईलाई असोज ६ गते नै भोजपुर पठाइएको सङ्खुवासभा प्रहरीले जनाएको छ ।