१४ वर्षीया बालिकालाई असोज २ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कुमाख गाउँपालिका–६ का २४ वर्षीय बालकृष्ण केसीलाई सोही दिन आरोपितको घरैबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकाका आफन्तले असोज ३ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा लिखित उजुरी दर्ता गराएका छन् ।
आरोपितलाई जिल्ला प्रहरी कार्यालय सल्यानमा हिरासतमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर उमाकान्त जोशीले जानकारी दिनुभयो ।
‘पीडितले दिएको मौखिक जानकारीको आधारमा हामीले आरोपितलाई गिरफ्तार गरेका छौँ ।’–उहाँले भन्नुभयो ।
पीडिा बालिकाको स्वास्थ्य परीक्षण असोज ३ गते जिल्ला स्वास्थ्य सेवा कार्यालयमा गरिएको सो कार्यालयका प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनु भयो ।