INSEC Online

📅 २०८३ जेष्ठ २१

सुरक्षामा खटिएका हवल्दारमाथि ढुङ्गा प्रहार, घटनाका आरोपित गिरफ्तार

पौवादुङ्मा गाँउपालिका–५ स्थित अँधेरीघाटमा सुरक्षामा खटिएका ३९ वर्षीय प्रहरी हवल्दार कुमार कटुवाललाई ढुङ्गा प्रहार गरेको आरोपमा प्रहरीले सोही ठाँउका २६ वर्षीय साङ्गेन राईलाई असोज २ गते गिरफ्तार गरेको छ ।

आरोपितले असोज १ गते सुरक्षामा खटिएका हवल्दारमाथि जिल्ला प्रवेश गर्न नदिएको आरोपमा ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णकुमार चन्दले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम नियन्त्रणका लागि गाँउपालिकाले नाकामा प्रवेश निषेध गरेको र सोही निषेध पालना गराउने क्रममा आरोपितले सुरक्षामा खटिएका हवल्दारमाथि ढुङ्गा प्रहार गरेको डिएसपी चन्दले बताउनु भयो ।

ढुङ्गा प्रहारबाट टाउकामा चोट लागेका पीडितको उपचार विराट मेडिकल कलेज विराटनगरमा भई रहेको छ । टाउकामा चोट लागेका कारण ६ ओटा टाँका लगाईएको डिएसपी चन्दले बताउनु भयो ।

आरोपितलाई हिरासतमा राखि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो