INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धादिङ गंगाजमुना गाउँपालिका–६ घर भइ हाल पोखरा महानगरपालिका–१९ लामाचौर बस्ने ३२ वर्षीया विकास विकलाई भदौ ३१ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले भदौ ३० गते ललाई फकाई गरी एकान्त स्थानमालगि दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध भदौ ३१ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिनुभएको थियो ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई लामाचौरबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

उहाँले आरोपितविरुद्ध बाल यौन दुरुपयोग कसुरमा जिल्ला अदालत कास्कीबाट भदौ ३१ गते १० दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ ३१ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।

अन्य

भिडियो