१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पोखरा मनपा–७ प्रगतिटोल बस्ने ५२ वर्षीय टिका बहादुर दमैलाई भदौ २९ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले भदौ २९ गते घरमा कोही नभएको मौका छोपी दिउँसो ३ः३० बजेको आसपासमा दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध सोही दिन वडा प्रहरी कार्यालय बैदाममा उजुरी दिएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
उहाँले आरोपितविरुद्ध बाल यौन दुर्व्यवहार कसुर अन्तरगत कास्की जिल्ला अदालतबाट भदौ २९ गते आठ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ २९ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।