१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हरिनगर गाँउपालिका–१ का १९ वर्षीय हसबुदिन मियाँ र कोशी गाँउपालिका–३ का २० वर्षीय रिजमान मियाँलाई भदौ २७ गते गिरफ्तार गरेको छ ।
आरोपितले पीडित बालिकालाई भदौ ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितद्वयविरूद्ध भदौ १७ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएको थियो ।
पीडित बालिकाले घटनाका विषयमा ढिलो गरी जानकारी गराएपछि प्रहरीमा ढिलो उजुरी परेको र आरोपितलाई गिरफ्तार गर्न ढिला भएको डिएसपी धर्मराज ढकालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण इटहरी सामुदायिक अस्पतालमा भदौ १७ गते गरिएको छ ।