२१ वर्षीया युवतीलाई भदौ ३ गते बलात्कार गरेको आरोपमा लहान नपा–२२ का २३ वर्षीय रामबाबु मण्डलविरूद्ध पीडितले इलाका प्रहरी कार्यालय लहानमा भदौ २४ गते उजुरी दिएकी छन् ।
स्थानीयले ‘गाउँमै मिलाउनु पर्छ । दुवै जनाको उमेर पुगेकाले विवाह गराउने शर्तमा छलफल भए पनि केटा पक्षले नमाने पछि’ कारवाहीको लागि उजुरी दिएको इन्सेक प्रतिनिधिलाई पीडित युवतीले बताउनु भयो ।
आरोपित फरार रहेकाले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीले बताउनु भयो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा भदौ २४ गते गरिएको छ ।