६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कालिगण्डकी गाउँपालिका–४ का ६१ वर्षीय नारायणप्रसाद श्रेष्ठलाई भदौ २१ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले भदौ १७ गते आफ्नो पसलमा लगेर बलात्कार गरेको भन्दै पीडितपक्षले भदौ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर राजकुमार रावलले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ २० गते गुल्मी अस्पताल, तम्घासमा गरिएको थियो ।