१० वर्षीया बालिकालाई भदौ २१ गते राति यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३६ वर्षीय बुबालाई भदौ २२ गते गिरफ्तार गरेको छ ।
छोरीमाथि यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले भदौ २२ गते जिल्ला प्रहरी कार्यालय, दार्चुलामा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धनका लागि जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका इन्स्पेक्टर सुरेन्द्र जोशीले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।
मदिरा सेवन गरी आएका पतिले आफूमाथि हातपात गरी कोठा बाहिर निकालेको र त्यसपश्चात छोरीमाथि यौन दुर्व्यवहारको प्रयास गरेको पीडित बालिकाकी आमले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडितको जिल्ला अस्पताल, दार्चुलामा भदौ २२ गते स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनायो ।