प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले मानव बेचविखन जस्तो जघन्य अपराधका विरूद्ध सबैलाई जुट्न आग्रह गर्नु भएको छ । मानव बेचबिखन तथा ओसारपसार विरूद्धको ‘१४औ राष्ट्रिय दिवशको’ अवसरमा भदौ २० गते शुभकामना सन्देश दिने क्रममा उक्त कुरा बताउनु भएको हो ।
सन् २००२ मा काठमाडौंमा सम्पन्न सार्कको ११ औ शिखर सम्मेलनबाट पारित “महिला तथा बालबालिका बेचबिखन विरूद्धको सार्क महासन्धी, २००२” लाई २०६३ भदौ २० गतेका दिन तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएपछि सोही दिनको स्मरणमा २०६४ सालदेखि प्रत्येक वर्ष भदौ २० का दिन यो दिवश मनाइदै आएको छ ।
“मानव बेचबिखन तथा ओसारपसारको अन्त्यः सुसंस्कृत सभ्य समाज र सामाजिक रूपान्तरण अबको गन्तव्य” भन्ने मुल नारा सहित मनाउन लागिएको मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १४ औ राष्ट्रिय दिवशको अवसरमा प्रदेश ५का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शुभकामना व्यक्त गर्नु भएको हो ।
शुभकामना सन्देशमा मन्त्री बरालले दिवशले मानव वेचविखन तथा ओसारपसार विरूद्ध सबै जनसमुदायलाई एकजुट बनाउन प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको उल्लेख गर्नु भएको छ ।
शुभकामना सन्देशमा ‘मानव बेचविखन तथा ओसारपसार एक जघन्य अपराध भएकोले २१आंै शताब्दीको यस सभ्य युगमा समेत यस्ता अपराध हुनु मानवजातिको लागि एक कलंक भएको उल्लेख छ । दिवशको अवसरमा हामीले कलंकलाई निर्मुल पार्ने सङ्कल्प गरौ ।’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाएर कुनै पनि व्यक्तिलाई उसको इच्छा विपरितका कार्य गर्न बाध्य तुल्याइने अवस्था अहिले पनि यदाकदा देखिएको जनाउदै मन्त्री बरालले यस प्रकृतिका अपराधले मानव बेचविखन विरूद्धको अभियानलाई चुनौती थपेको उल्लेख गर्नु भएको छ । ‘ अझ यस्तो अपराधबाट महिला तथा बालवालिकाहरू बारम्बार पीडित हुने घटनाहरुले हामीलाई थप संवेदनशील बनाएको छ ।’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
‘राज्य संयन्त्रको सुदृढिकरण गर्दै यस अपराधमा सङ्लग्न जो सुकैलाई कडा दण्ड सजायको प्रभावकारी कार्यान्वय र समाजको आमुल परिवर्तन नै यो समस्याको दिर्घकालिन समाधान हो भन्नेमा हामी स्पष्ट छौं ।’ मानव बेचविखन तथा ओसारपसारलाई पुर्णरुपमा नियन्त्रणमा लिने सरकारको अभियानलाई सहयोग गर्नु सबैको दायित्व हो । यो दिवशले हामी सम्पुर्ण सचेत अभियान्ताहरूमा दायित्वोध गराउने शुभकामना सन्देशमा उल्लेख छ ।