२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पोखरा महानगरपालिका–१० अन्नपूर्ण टोल बस्ने ५५ वर्षीय हरी बहादुर गुरुङलाई भदौ १५ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले भदौ १२ गते राति जबरजस्ती डर धम्की देखाइ बलात्कार गरेको भन्दै पीडितले आरोपितविरुद्ध भदौ १३ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी थिइन् ।
पीडितको उजुरीपछि आरोपितलाई अन्नपूर्ण टोल घर नजिकबाट गिरफ्तार गरिएको र उनलाई करणी सम्बन्धी कसुर अन्तरगत जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ १४ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।