बलात्कार घटनाका पीडित १४ वर्षीया बालिकाको उपचारका लागि इन्सेकले साउन १८ गते आर्थिक सहयोग प्रदान गरेको छ ।
न्याय र स्वास्थ्य उपचारका लागि सदरमुकाम आउन जान समस्या भएको पीडित परिवारले बताएपछि इन्सेकले १० हजार रुपियाँ सहयोग गरेको हो ।
पीडित बालिकालाई अनेक प्रलोभनमा पारेर पटक पटक बलात्कार गरेको परिवारले थाहा पाएपछि ०७७ साउन ९ गते इन्सेकको पहलमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ ।
सहयोग रकम बुझ्दै पीडितकी आमाले यस्तो अफ्ठेरो परिस्थितीमा इन्सेकले गरेको सहयोगले ठूलो राहत भएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।
फरार रहेका आरोपित ३६ वर्षीय शिक्षक रामचन्द्र केसीको खोजी र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताउनुभयो ।
पीडित बालिकाको स्वास्थ्य उपचार तथा परीक्षण साउन ९ गते सल्यान अस्पतालमा भयो ।