INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका पीडितलाई इन्सेकको सहयोग

बलात्कार घटनाका पीडित १४ वर्षीया बालिकाको उपचारका लागि इन्सेकले साउन १८ गते आर्थिक सहयोग प्रदान गरेको छ ।

न्याय र स्वास्थ्य उपचारका लागि  सदरमुकाम आउन जान समस्या भएको पीडित परिवारले बताएपछि इन्सेकले १० हजार रुपियाँ सहयोग गरेको हो ।

पीडित बालिकालाई अनेक प्रलोभनमा पारेर पटक पटक बलात्कार गरेको परिवारले थाहा पाएपछि ०७७ साउन ९ गते इन्सेकको पहलमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ ।

सहयोग रकम बुझ्दै पीडितकी आमाले यस्तो अफ्ठेरो परिस्थितीमा इन्सेकले गरेको सहयोगले ठूलो राहत भएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

फरार रहेका आरोपित ३६ वर्षीय शिक्षक रामचन्द्र केसीको खोजी र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य उपचार तथा परीक्षण साउन ९ गते सल्यान अस्पतालमा भयो ।

अन्य

भिडियो