INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षद्वारा नगरपालिकाको गाडीमा आगजनी

घोडाघोडी नगरपालिकाको से १ झ २४१ नम्बरको स्कारपियो गाडीमा  साउन ५ गते राति अज्ञात पक्षद्वारा आगजनी गरिएको छ ।

नगरपालिकाका प्रशासकीय अधिकृतको क्वाटर परिसरमा पार्किङ गरी राखिएको अवस्थामा गाडीमा  आगजनी भएको र आगजनीबाट गाडीको पछाडीको भाग जलेर नष्ट भएको घोडाघाडी नगरपालिकाका  प्रमुख ममताप्रसाद चौधरीले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।

इलाका प्रहरी कार्यालय, सुखडका इन्स्पेक्टर हरीशरण भट्टले घटना संलग्न पक्षको खोजी कार्य भइरहेको  इन्सेक प्रतिनिधिलाई फोनमार्फत बताउनु भयो ।

अन्य

भिडियो