INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेकपाका कार्यकर्ता शैल्यशिखर नगरपालिका–९ का विष्णुराज लेखकलाई प्रहरीले साउन १९ गते गिरफ्तार गरेको छ ।

शैल्यशिखर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामधनी विष्टले प्रयोग गर्दै आएको सरकारी मोटर साइकलमा साउन ८ गते आगजानी गर्ने कार्यमा संलग्न रहेको भन्ने सूचनाका आधारमा लेखकलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका इन्स्पेक्टर भाष्कर चन्दले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।

यसअघि मोटर साइकल आगजनीमा संलग्न रहेको भन्दै प्रहरीले प्रतिबन्धित नेकपाका जिल्ला कमिटि सदस्य शैल्यशिखर नगरपालिका–२ रतौडाका प्रताव वड, सोही पार्टीका जिल्ला सदस्य शैल्यशिखर नगरपालिका–२ का चक्रमान विक र दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष शैल्यशिखर नगरपालिका–३ लुइटाका धनीराम लावडलाई गिरफ्तार गरेको थियो ।

गिरफ्तार गरिएका नेकपाका नेता तथा कार्यकर्ताविरुद्ध राजद्रोहसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर चन्दले बताउनु भयो ।

अन्य

भिडियो