२१ वर्षीया महिलालाई बलात्कार प्रयास आरोपमा प्रहरीले याङवरक गाउँपालिका –३ का ५५ वर्षीय अमृत योङयालाई वैशाख २४ गते गिरफ्तार गरेको छ ।
०७६ चैत ७ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध चैत २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि सोही उजुरीका आधारमा गिरफ्तार गरेको इन्स्पेक्टर रोमनराज अर्यालले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७६ चैत २५ गते गरिएको छ ।