नगराइन नपा–५ गङ्गुलीमा वैशाख २२ गते बेलुकी ८ बजे नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका कार्यकताहरू बिच भएको झडपमा दुबै पक्षका गरी सात जना घाइते भएका छन् ।
लकडाउनको कारण घर छेउमा रोकि राखेको नेपाली काँग्रेसका कार्यकर्ता रविन्द्र मण्डलको ई–रिक्साको हेड लाइट वैशाख १६ गते राती चोरी भएको घटनामा रिक्सा धनीले गाउँकै जनता समाजवादी पार्टीका कार्यकर्ता सन्तोष दासले चोरी गरेको आरोप लगाउँदै दासको मोबाइल खोसेपछी घटना राजनीतिकरण भएको थियो ।
झडपमा परेर जनता समाजवादी पार्टीका २५ वर्षीय सन्तोष दास, २३ वर्षीय राजकिशोर दास र ३५ वर्षीय हरिकिशोर दास त्यसै गरी नेपाली काँग्रेसका ३५ वर्षीय जयनारायण मण्डल, ४० वर्षीय सन्तोष मण्डल, ४२ वर्षीय गोपाल मण्डल र ३७ वर्षीय रामनरेश मण्डल घाइते भएका छन् ।
वैशाख २२ गते घाइतेहरू मध्ये केहिको नगराइन स्थित स्थानीय नीजि अस्पतालमा उपचार भइरहेको छ भने केहिको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले घटनामा संलग्न भएको आरोपमा स्थानीय रामनरेश मण्डल, गोपाल मण्डल, राहुल मण्डल, जयनारायण मण्डल लगायतलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले बताउनु भएको छ ।